Ayurveda and healthy lifestyle
Arogya Lifestyle
आयुर्वेदको मुख्य उद्देश्य "स्वस्थस्य स्वास्थ्य रक्षणम्" अर्थात् स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु हो। दैनिक जीवनमा आयुर्वेदका आधारभूत नियमहरू— जस्तै: दिनचर्या (दैनिक नियम), रात्रिचर्या (रात्रिकालीन नियम) र ऋतुचर्या (मौसम अनुसारको खानपान र विहार) अपनाउँदा नसर्ने दीर्घ रोगहरू (NCDs) र मानसिक तनावबाट बच्न सकिन्छ।
(वात, पित्त, कफ) अनुसार सन्तुलित आहार खाने एवं आयुर्वेदका सौद्धान्तिक नियमक पालाना गरेमा स्वास्थ्य रहन सकिन्छ ।
Know more
दिनचर्या र ऋतुचर्या: बिहान उठेदेखि राति सुत्दासम्म गरिने शारीरिक स्वच्छता, तेल मालिस (अभ्यंग), व्यायाम र मौसमी परिवर्तन अनुसार भोजन छनौट गर्ने विधि।
सद्वृत्त र आचार रसायन: मानसिक शान्ति र सामाजिक सद्भावका लागि असल आचरण, सकारात्मक सोच र इन्द्रिय संयमको महत्त्व।
विरुद्धाहार
स्वास्थ्यलाई हानि गर्ने प्रशोधित, अप्राकृतिक तथा तयारी खानेकुराहरू (Fast Food), तयारी पेय पदार्थहरू, मदिरा तथा तम्बाकु आदिको सेवन बन्द गरेमा मात्र स्वास्थ जिवनशैलिको कल्पना गर्न सकिन्छ
